गाउँपालिका अध्यक्ष ४ दिनदेखि प्रहरी हिरासतमा
काठमाडौं । गाउँपालिकाका एक अध्यक्ष चारदिनदेखि प्रहरी हिरासतमा रहेको पाइएको छ ।
रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घले चार दिनदेखि प्रहरी हिरासतमा रहेको पाइएको हो ।
प्रहरी प्रभाव, कपनका अनुसार, अध्यक्ष घले शनिबार राति बूढानीलकण्ठ–१० स्थित एक घरको जुवाखालबाट पक्राउ परेका थिए । त्यसैको अनुसन्धानका निम्ति उनलाई हिरासतमा राखिएको हो ।
प्रहरी प्रभाग कपनले गाउँपालिका अध्यक्ष घले पक्राउ गरेको पुष्टि गर्दै त्यहाँबाट १ लाख ३५ हजार नगद बरामद गरेको जनाएको छ । सोही स्थानबाट प्रहरीले अन्य ९ जनालाई पनि नियन्त्रणमा लिएको छ ।
शनिबार राति पक्राउ परेका उनलाई म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घले विवादास्पद छविका व्यक्ति हुन् । यसअघि एक महिलाले श्रीलंका पुर्याएर घलेले बिक्रीको प्रयास गरेको उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ


प्रतिक्रिया