प्रहरी हुँ भन्दै धम्की दिएर रकम माग गर्ने एक जना पक्राउ
कास्की । प्रहरी हुँ भन्दै धम्की दिई रकम माग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका-१६ बाटुलेचौर बस्ने २१ वर्षीय सुजित क्षेत्रीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई लामाचौर कास्कीबाट पक्राउ गरेको हो क्षेत्रीले सामाजिक संजालमार्फत् सम्पर्कगरी विभिन्न व्यक्तिहरूलाई ‘म जिल्ला प्रहरी कार्यालय कास्कीको सूचना अधिकारी हुँ, तपाईहरूको केही काम छ भने भन्नुहोस् गरिदिन्छु’ भनी रकम माग गर्ने गरेका थिए ।
उनीउपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा ५ दिन म्याद थपगरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौं महानगरको नवीन योजना: ‘टोलटोलमा फिल्म महोत्सव’ ले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने
-
पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन
-
आर्थिक विधेयकको त्रुटि सच्याउनु र ईभी आयात नियमित प्रक्रिया हो : अर्थ मन्त्रालय
-
शैय्या संख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
प्रतिनिधिसभा बैठक बस्दै, विपक्षीको अडान कायमै


प्रतिक्रिया