NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

कर्णाली प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा पुगेको छ ।  यही मौसमी प्रणालीका कारण वर्षा भइरहेकोमा मौसम पूर्वानुमान महाशाखाले बुधबार कर्णाली प्रदेशमा भारी वर्षाको आकलन गरेको छ ।

महाशाखाका अनुसार, यतिबेला देशभर साधारणतया बदली रही बागमती, गण्डकी, केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

मौसमविद्का अनुसार, बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना औंल्याइएको छ । भारी वर्षाले बाढी तथा पहिरोको जोखिम बढाउने भन्दै महाशाखाले यात्रा तथा बसोबासका क्रममा सतर्कता अपनाउन सुझाएकाे छ ।

त्यस्तै,  बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।