NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नेप्से ३४ अंकले ओरालो, १ अर्ब ५२ करोडको कारोबार

काठमाडाैं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३४.७८ अंकले ओरालो लागेर दुई हजार ३८५.०२ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५२ अंकले ओरालो लागेर ४४९.३६ मा ओर्लेको छ । कूल २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ रूपैयाँ बराबरको कारोबार भइरहेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूह मध्ये आज होटल तथा पर्यटनको मात्रै सेयर मूल्यमा उकालो लागेको छ । होटल एण्ड टुरिजम ०.०१ प्रतिशतले उकालो लागेको हो ।

अन्य २.३३, सामूहिक लगानी १.२६, बैंकिङ ०.८१, व्यापार १.८१, विकास बैंक १.७१, जलविद्युत् १.९, वित्त २.४, निर्जीवन बीमा २.०८, उत्पादन १.७४, लघुवित्त १.०७, जीवन बीमा १.६१, र लगानी २.०१ अंकले ओरालो लागेको छ ।