ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न. १४, बुइपामा नयाँ शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
यो सेवा सञ्चालनमा ल्याएसँगै बैंकका शाखारहित बैंकिङ सेवाको संख्या २७५ पुगेको बैंकले जनाएको छ । बैंकका अनुसार शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामिण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।
यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, यूटीएल र एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका ग्रामिण क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ सेवा सुरू गरेको हो ।
बैंकले मुलुकभर २८८ शाखा, २७५ शाखारहित बैंकिङ सेवा, २५६ एटीएम, ५१ एक्सटेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत् २८ लाखभन्दाबढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया