क्षमता अभिवृद्धि गर्न रास्वपाको दुईदिने कार्यशाला सुरु
काठमाडौं । पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) को दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा सुरु भएको छ ।
“कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ‘लिडरसीप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुँदैछ”, कार्यवाहक प्रवक्ता मनिष झाले भने।
यही साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेकाहरूको क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुईदिने बन्द कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरेको थियो ।
यस कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया