क्यानडा टी–२० का हरेक खेलमा सन्दीपलाई विकेट, टिमको पहिलो जित
काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध टिम भ्यानकुभर नाइट्सले क्यानडामा जारी ग्लोबल टी–२० मा पहिलो जित हात पारेको छ । आइतबार सम्पन्न खेलमा भ्यानकुरले मोन्टिरियल टाइगर्सलाई ५ विकेटले हराएको हो ।
सुरुमा बलिङ गरेको भ्यानकुभरले मोन्टिरियललाई १०९ रनमा अलआउट गरेको थियो । जुन लक्ष्य उसले १८.४ ओभरमा सहजै पूरा गर्याे ।
बलिङतर्फ भ्यानकुभरका मोहम्मद अमिरले चार ओभरमा तीन विकेट लिएर १८ रन मात्र दिए । सन्दीपको बलिङ पनि उत्कृष्ट रह्यो । उनले ३.२ ओभरमा दुई विकेट लिदै १४ रन दिएका थिए ।
सात खेलमा एक जित निकालेकाे भ्यानकुभर अंक तालिकाको पुछारमा छ ।
सन्दीप भने सबै खेलमा विकेट लिन सफल भएका छन् । ६ खेलमा उनले आठ विकेट हात पारेका छन् । याेसँगै उनी प्रतियोगितामा धेरै विकेट लिने बलरको सूचीमा उक्लिएका छन् । प्रतियोगितामा सबैभन्दा धेरै थोमस जाक्रा र जुनिद सिद्दीगीले ११ विकेट लिएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया