क्यानडा टी–२० का हरेक खेलमा सन्दीपलाई विकेट, टिमको पहिलो जित

काठमाडौं । नेपाली खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आबद्ध टिम भ्यानकुभर नाइट्सले क्यानडामा जारी ग्लोबल टी–२० मा पहिलो जित हात पारेको छ । आइतबार सम्पन्न खेलमा भ्यानकुरले मोन्टिरियल टाइगर्सलाई ५ विकेटले हराएको हो ।
सुरुमा बलिङ गरेको भ्यानकुभरले मोन्टिरियललाई १०९ रनमा अलआउट गरेको थियो । जुन लक्ष्य उसले १८.४ ओभरमा सहजै पूरा गर्याे ।
बलिङतर्फ भ्यानकुभरका मोहम्मद अमिरले चार ओभरमा तीन विकेट लिएर १८ रन मात्र दिए । सन्दीपको बलिङ पनि उत्कृष्ट रह्यो । उनले ३.२ ओभरमा दुई विकेट लिदै १४ रन दिएका थिए ।
सात खेलमा एक जित निकालेकाे भ्यानकुभर अंक तालिकाको पुछारमा छ ।
सन्दीप भने सबै खेलमा विकेट लिन सफल भएका छन् । ६ खेलमा उनले आठ विकेट हात पारेका छन् । याेसँगै उनी प्रतियोगितामा धेरै विकेट लिने बलरको सूचीमा उक्लिएका छन् । प्रतियोगितामा सबैभन्दा धेरै थोमस जाक्रा र जुनिद सिद्दीगीले ११ विकेट लिएका छन् ।
ताजा अपडेट
-
भूकम्पपीडितको टहरोमा ढुङ्गा खस्दा दिदी–बहिनीको मृत्यु
-
स्थानीय र आगन्तुक चराको गन्तव्य ‘कान्ति ताल’
-
प्रधानमन्त्री ओली स्पेन भ्रमण गरी आज स्वदेश फर्किँदै
-
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
प्रतिक्रिया