काठमाडौं प्लाजा अगाडिको सडकमा पयो भ्वाङ
काठमाडौं । काठमाडौ प्लाजा अगाडिको सडकमा भ्वाङ परेको छ । काठमाडौं महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक गएराति भासिएको हो ।
भासिएको सडकमा गहिरो खाडल परेको छ ।
सडक भासिएपछि काठमाडौं प्लाजा क्षेत्रको सवारी आवागमन अवरुद्ध भएको छ । एकतर्फी सडक भासिएपछि प्रहरीले घेरा हालेर आवागमन बन्द गराएका छन् ।
यसअघि पनि यसैगरी भासिएको यो सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो ।
भासिएको सडक मर्मत गर्न केही समय लाग्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।


प्रतिक्रिया