NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

रहेनन् ‘प्रिय तिम्रो सिउँदोमा सिग्दुर भर्न देऊ’का गायक प्रकाश

काठमाडौं ।प्रिय तिम्रो सिउँदोमा सिग्दुर भर्न देऊ…’ लगायत चर्चित गीतका गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । ललितपुर महनगरपालिका–१८ स्थिति आदिनाथ मार्गमा बस्दै आएका उनको शनिबार राति मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, ललितपुरले शनिबार राति तिमिल्सिना आफ्नो डेरामा मृत अवस्थामा भेटिएको जनाएको छ ।

उनको शव अहिले पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ ।

नेपाली गायन रियालिटी शो नेपाली ताराबाट उदाएका प्रकाशका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ…’,‘नमान लाज यसरी…’, ‘नआए नि हुन्थ्यो…’ लगायत गीतहरू चर्चित छन् ।

पोस्ट्मार्टम सकिएपछि दिवंगत प्रकाशको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले केहीबेरमा सङ्गीत तथा नाट्य प्रतिष्ठानमा राखिने र आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गर्ने तयारी छ ।

ताजा अपडेट

नेपालवाच विशेष