शिवालयमा भक्तजन
काठमाडौं । साउने सोमबारलाई भगवान् शिवको प्रिय बार मानिन्छ । साउने सोमबार शिवको पूजाअराधना गर्दा प्रसन्न हुने र पुण्य मिल्ने विश्वास छ ।
त्यसैले हरेक साउने सोमबार शिव मन्दिरहरूमा भक्तजन तथा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । यस वर्षको अन्तिम साउने सोमबार आज बिहानैदेखि शिवका भक्तहरू मन्दिरमा पुगेर पूजा अराधना गरिरहेका छन् ।
आराध्यदेव पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् ।








ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा



प्रतिक्रिया