NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २४ गते

जुवाखालमा पक्राउ परेका सांसद र कलाकार दोस्रो दिनमै छुटे

काठमाडौैं । जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका कोशी प्रदेशका सांसद बुद्धिकुमार राजभण्डारी तथा कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना भोलिपल्टै छुटेका छन्।

शनिबार काठमाडौंको गौरीघाटबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले एकैदिनमा अनुसन्धान गरी आइतबार मुद्दा दायर गरी छाडेको हो।आइतबार नै सरकारी वकिल कार्यालयले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेकोमा सबै जना १०–१० हजार धरौटीमा छुटेका छन्। उच्च तहको दबाबका आधारमा यसरी एकैदिन छाड्नुपरेको काठमाडौं परिसरका एक प्रहरी अधिकारी बताउँछन्।

जुवाखालमा सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, रवि श्रेष्ठ, राजु महत र माधव थापालगायत पक्राउ परेका थिए। उनीहरू सबै आइतबार नै छुटेका छन्। स्रोतका अनुसार उनीहरुलाई छुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयबाटै दबाब परेको थियो । सांसद राजभण्डारी एमालेका नेता हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष