NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

एक नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र रद्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । पर्सा टेलिकम्युनिकेसन प्रालि, वीरगञ्जले निर्धारित समयमा नवीकरण नगरेपछि प्राधिकरणले अनुमतिपत्र खारेज गरिएको हो ।

दूरसञ्चार नियमावलीमा नेटवर्क सेवा प्रदायकले हरेक ४ वर्षमा अनुमतिपत्र नवीकरण गनुपर्ने प्रावधान छ । तर ०७६ साउन २२ गते प्राधिकरणबाट अनुमति पाएको पर्सा टेलिकम्युनिकेसनले निर्धारित समयभित्र नवीकरण गर्न अरुचि देखाएको थियो ।

दूरसञ्चार निमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरणका लागि निवेदन पेश नगरेकाले पर्सा टेलिकम्युनिकेसनको अनुमतिपत्र रद्द गरिएको जनाएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष