पृथ्वी राजमार्गको दुई स्थानमा पहिरो, आवागमन अवरुद्ध
काठमाडौं । पृथ्वी राजमार्गको दुई स्थानमा पहिरो खसेपछि आवागमन ठप्प भएको छ । मंगलबार रातिदेखि परेको अविरल वर्षाले मौवाखोलामा पहिरो र चुम्लिङटारमा ढुंगा खसेपछि आवागमन दुईतर्फी अवरुद्ध बनेको हो ।
सुरुमा मौवाखोलामा खसेको पहिरो हटाएर एकतर्फी सवारी आवागमन गराइएको थियो । त्यसको केही समयपछि चुम्लिङटारमा पनि ढुंगा खसेपछि दुईतर्फकै आवागमन ठप्प भएको हो ।
देशकै मुख्य राजमार्ग पहिरोले अवरुद्ध बनेपछि दुईतर्फ नै सवारीको लामो लाइन लागेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले सडकमा खसेको पहिरो र ढुंगा हटाएर सवारी सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया