युक्रेन संकटका बीच बेलायतमा थपियो नयाँ चिन्ता, कुखुरा आपूर्ति बन्द हुने त्रास
काठमाडौं । युक्रेनमाथि रुसी आक्रमणको खतरालाई मध्यनजर गर्दै ब्रिटेनमा एक भिन्न खालको तनाव उत्पन्न भएको छ ।
युक्रेन र रुसमा तनाव बढ्दै गर्दा बेलायतमा भने कुखुराको अभाव देखिएको छ । किनकी बेलायतका लागि कुखुराको सबैभन्दा ठूलो निर्यातकर्ता युक्रेन नै हो ।
आगामी दिनमा कुखुरा आयात ठप्प हुनेसक्ने बेलायतको चिन्ता रहेको छ । डेलीस्टारको एक रिपोर्टअनुसार युक्रेनमा रुसी आक्रमणले बेलायतलाई पनि प्रभावित पार्न सक्छ ।
किनकी युक्रेन बेलायतको सबैभन्दा ठूलो कुखुरा आपूर्तिकर्ता हो । साथै बेलायतलाई युक्रेनले १४ प्रतिशतभन्दा धेरै अन्न पनि प्रदान गर्दछ ।
एक वरिष्ठ सरकारी सल्लाहकारले भनेका छन्, ‘ब्रिक्जिटपछि बेलायत र युक्रेनद्वारा हस्ताक्षरित राजनीतिक, मुक्त व्यापार र रणनीतिक साझेदारी त सम्झौता ऐतिहासिक थियो । यो यसकारण पनि खास हो कि कुनै आक्रमणले नयाँ र समृद्ध व्यापारमा असर गर्नेछ ।’
अधिकारीले रुसी राष्ट्रपति भ्लादीमिर पुटिनको सेनाद्वारा युक्रेनमाथि आक्रमण हुने चिन्ता जाहेर गरेका छन् । यसको सिधा प्रभाव खाद्यान्न र अन्य दैनिक अत्यावश्यक सामग्री आपूर्तिमा हुनेछ ।
कोरोना महामारीको प्रभावका कारण पहिलेदेखि नै आपूर्ति श्रृंखला कमजोर भइरहेको छ । अब युक्रेनमाथि रसियाले आक्रमण गरेको खण्डमा भने पूरै युरोपको आपूर्ति श्रृंखला नष्ट हुने अनुमान गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि रुसद्वारा युक्रेनमाथि आक्रमण हुने सम्भावना भएको बताएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया