अफ्रिकाबाहिर पहिलो पटक मंकिपक्स संक्रमण पुष्टि

काठमाडौं । अफ्रिका महादेशभन्दा बाहिर पहिलो पटक एमपक्स (मंकिपक्स) भाइरसको केस भेटिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसको जोखिमलाई मध्यनजर गरेर स्वास्थ्य आपतकाल घोषणा गरेको भोलिपल्ट अफ्रिकाबाहिर मंकिपक्सको पहिलो संक्रमण पुष्टि भएको हो ।
स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले अफ्रिकाभन्दा बाहिरका मानिस पहिलो पटक मंकिपक्सको खतरनाक भेरियन्टबाट संक्रमित भएको जनाएको छ । मंकिपक्सका क्लेड १ र क्लेड २ मध्ये पहिलो खतरनाक मानिन्छ ।
मंकिपक्सबाट संक्रमित भएका ती व्यक्ति अफ्रिकामा बसेको र त्यही दौरान संक्रमित भएको स्विडेन सार्वजनिक स्वास्थ्य एजेन्सीलाई उद्धृत गर्दै बिबिसीले लेखेको छ ।
अतिसंक्रामक मानिने यो रोगको सबैभन्दा बढी संक्रमण अफ्रिकाको कंगोमा देखिएकोमा हालसम्म कम्तीमा ४५० मानिसको मृत्यु भइसकेको छ ।
संक्रमितसँगको खुला सम्पर्कबाट सजिलै सर्ने यो रोग कंगोका अतिरिक्त मध्य र पूर्वी अफ्रिका वरपर फैलिएको छ । अफ्रिकाबाहिर भने पहिलो पटक नयाँ केस देखिएको हो ।
डब्लुएचओको तथ्यांकअनुसार यसका १०० संक्रमितमा चार जनाको मृत्यु हुने गरेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया