NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

छिन्चु–जाजरकोट सडक अवरुद्ध

काँक्रेविहार । पहिरोले भेरी करिडोरअन्तर्गत छिन्चु–जाजरकोट सडक अवरुद्ध भएको छ ।

शुक्रबार बेलुकी परेको पानीले छेडागाड नगरपालिका र भेरी नगरपालिकाअन्तर्गत ठाउँ–ठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

करिडोरअन्तर्गतको भेरी नगरपालिका–१३, कुदुबाट वडा नं ४ को खहरेखोला भिर र छेडागाड नगरपालिका–१२, कालापहाड नजिक पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

भेरी नगरपालिका–११ स्थित खोदाखोलानजिक पनि खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार छिन्चु–जाजरकोट सडकअन्तर्गत छेडागाड नगरपालिका–१२ काडला पहाडबाट तल्लु बगरसम्मको सडकका ठाउँठाउँमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।

केही स्थानमा पहिरो हटाए पनि शनिबार बिहान फेरि कुदु र मटेलामा पहिरो खसेका कारण अहिले करिडोरभित्रको छिन्चु–जाजरकोट सडक अवरुद्ध प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।

सडक डिभिजन कार्यालय आज बिहानैदेखि पहिरो पन्छाउन जुटेको छ । चन्दननाथ गण मालिका ब्यारेक क्षेत्रमा झरेको पहिरो पनि पन्छाउन थालिएको छ ।

पर्याप्त उपकराणको अभावमा सबैतिर समयमै बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । आज बिहानैदेखि भारी वर्षा भइरहेकाले समस्या थपिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष