वर्षाले हुलाकी सडक अवरुद्ध

घोडाघोडी । निरन्तर वर्षाका कारण कैलालीका हुलाकी सडक अवरुद्ध भएका छन् । वर्षापछि बाढीका कारण ठाउँ ठाउँमा सडक भत्किएका छन् ।
कैलारी गाउँपालिका–५ पुरानो मनिकापुरस्थित हुलाकी सडक भत्किँदा आवागमन ठप्प भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । निरन्तरको वर्षाका कारण पानिको सतह सडकभन्दा माथि पुगेको छ ।
वर्षाका कारण कटैनी नदीमा पानीको बहाव बढ्दा कैलारी गाँउपालिका–५ पुरानो मनिकापुर बस्तीका २४ घर डुबानमा परेका छन् । उनीहरु आफन्तकहाँ बसेका छन । पाँच परिवारलाई स्थानान्त्रण गरी वडा नं ५ को कार्यालयमा राखिएको छ ।
गौरीगङ्गा नगरपालिमा पनि केही घर डुबानमा परेका छन् । गौरीगङ्गा–७ का महादेवा, कम्दा, भगवानपुर र वडा नं–९ शङ्करपुरका केही घर डुबानमा परेका सूचना अधिकारी जोशीले बताए ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया