महोत्तरीमा युवती मृत फेला, दाइजोको निहुँमा हत्या गरेको माइती पक्षको आरोप
काठमाडौं । महोत्तरीमा एक नवविवाहित युवती मृत फेला परेकी छन् । महोत्तरीको जलेश्वर नगरपालिका–८, रमौलकी २० वर्षीया रीना देवी मंगलबार राति मृत्यु भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीले घरको बरण्डामा रीनाको शव फेला परेको जनाएको छ ।
रीनाका पति रोहनले खाना खाएर सँगै सुतेकी श्रीमतीको स्वास्थ्यमा समस्या आएपछि प्रादेशिक अस्पताल, जलेश्वर लगेकाेमा त्यही मृत्यु भएको र त्यहाँबाट फर्काएर शव घरमा ल्याएको बयान दिएका छन् ।
रीनाका माइती पक्षले भने दाइजोको निहुँमा उनको हत्या भएको आरोप लगाएका छन् । रीनाकाे मुखबाट रगत आउनुका साथै घाँटीलगायत शरीरका भागमा निलडाम रहेको उनीहरूले बताएका छन् । उनीहशले हत्याको किटानी जाहेरीसमेत प्रहरीमा दर्ता गराएका छन् ।
रोहन र रीनाको गत वैशाख १९ गते मात्र विवाह भएको थियो ।
रीनाको शव अहिले पोस्ट्मार्टमका लागि प्रादेशिक अस्पताल, जलेश्वरमा राखिएको छ । पोस्ट्मार्टम रिपोर्टपछि मात्र घटनाबारे थप बताउन सक्ने जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया