सुनको मूल्य पुन: उकालो, १ लाख १ हजार ५०० रूपैयाँमा कारोबार हुँदै
काठमाडाैं । मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको छ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य ६ सय रूपैयाँ बढेर एक लाख एक हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८ सय रूपैयाँ बढेर एक लाख ९ सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार सुन प्रतितोला २ सय रूपैयाँ घटेको थियो ।
त्यस्तै आइतबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँ बढेर एक लाख ३ सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सय रूपैयाँले नै बढेर एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै मंगलबार तोलामा १५ रूपैयाँ बढेको चाँदी बुधबार २० रूपैयाँ बढेको छ । महासंघका अनुसार बुधबार चाँदी एक हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार चाँदी प्रतितोफा एक हजार ३८० रूपैयाँमा भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया