रामेछापमा पहिरोले ३ घर बगायो, २ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षापछि रामेछापमा गएको पहिरोले तीन घर बगाउँदा २ जनाको मृत्यु भएको छ । केही हराइरहेका छन् ।
शैलुङ गाउँपालिका–३, लेखर्कमा गएराति पहिरो जाँदा मानवीय तथा भौतिक क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय, रामेछापले घटनामा दुई जनाको ज्यान गएको र केही हराइरहेको खबर प्राप्त भए पनि विस्तृत विवरण आइनसकेको जनाएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै टोकरपुर र दोरम्बाबाट प्रहरी टोली घटनास्थल पुगेर उद्धार तथा खोजी कार्यमा जुटेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया