टेलिग्रामका सिइओ पाभेल फ्रान्सबाट गिरफ्तार
काठमाडौं । सोसल मिडिया प्लेटफर्म टेलिग्रामका कार्यकारी अधिकृत पावेल डुरोव फ्रान्सबाट पक्राउ परेका छन् । आफ्नो निजी जेट विमानबाट पेरिस पुगेका उनलाई फ्रान्सको लि बुजे एअरपोर्टबाट गिरफ्तार गरिएको हो ।
अहिले उनलाई प्रहरी हिरासतमा राखिएको छ ।
३९ वर्षीय पावेलविरुद्ध चर्चित मेसेजिङ एपमा अपराध गरेको अभियोगमा यसअघि नै वारेन्ट जारी भएको थियो । फ्रान्स पुगेका उनलाई त्यही अभियाेगमा नियन्त्रणमा लिइएको हो ।
टेलिग्राम सामाजिक सञ्जालहरू फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याटपछिको मुख्य सामाजिक सञ्जाल प्लेटफर्म मानिन्छ । यो एप विशेषगरी रसिया, युक्रेन र पूर्व सोभियत युनियनका राज्यहरूमा लोकप्रिय छ ।
रुसले व्यक्तिको गोपनीयता बेवास्ता गर्दै टेलिग्रामको डाटा आफूलाई हस्तान्तरण गर्न पावेलसँग मागेका थियो । उनले त्यसलाई इन्कार गरिदिए । त्यसपछि रसियाले सन् २०१८ मा टेलिग्राममाथि प्रतिबन्ध लगाइदिएको थियो । तर त्यसको तीन वर्षपछि नै रुस प्रतिबन्धको निर्णयबाट पछि हट्न बाध्य भयो ।
सन् २०१३ मा टेलिग्राम स्थापना गरेका पावेलले त्यसको एक वर्षपछि नै रसिया छाड्नु परेको थियो । सोसल मिडिया प्लेटफर्म भिकनटकटेको डाटा हस्तान्तरण गर्न रुसी सरकारले दिएको दबाब थेग्न नसकेर उनले देशको छाडेको बताइन्छ । जुन प्लाटफर्म पछि उनले बिक्री गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया