NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २४ गते

प्रहरीमा ३० वर्षे सेवाहद कायम राख्न सरकार सर्वाेच्चमा

काठमाडौं । प्रहरीमा ३० वर्षे सेवाहद कायम राख्न माग राखी सरकारले सर्वाेच्च अदालतमा पुनरावलोकन(भ्याकेट) निवेदन दर्ता गरेको छ । गत ६ भदौमा सर्वाेच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्ध गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वाेच्चमा निवेदन दर्ता गरेको हो ।
गत ६ भदौमा सर्वाेच्चले ३० वर्षे सेवाहदका आधारमा अवकाश नदिन अन्तरिम आदेश दिएको थियो । सो मुद्दामा १० असोजमा पूर्ण सुनुवाई हुँदैछ । पूर्ण सुनुवाई नहुँदै सरकार केही प्रहरी अधिकारीको दबाबमा परी पुनरावेदनमा गएको हो ।
उता सशस्त्र प्रहरीमा भने अन्तरिम आदेश दिन सर्वाेच्चले अस्वीकार गरेको छ । सशस्त्रका १२ अधिकारीले दायर गरेको रिटमा न्यायाधीश शारङगा सुवेदीको इजलाशले कारण देखाउ आदेश जारी गरेको हो ।

ताजा अपडेट

नेपालवाच विशेष