NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

मन्जुश्री फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

काठमाडौं । मन्जुश्री फाईनान्सले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले नयाँ वर्ष ०७९ वैशाख एक गतेबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

फाइनान्सले विभिन्न किसिमका खातामा न्यूनतम ७.१५ देखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर ताकेको छ । फाइनान्सले सामान्य बचत खातामा ७.१५ प्रतिशत, नारी बचत खातामा ७.४० प्रतिशत, बालबालिका खातामा ७.४० प्रतिशत र मन्जुश्री विशेष बचत खातामा ७.६५ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै फाइनान्सले कार्यकालअन्तर्गतको व्यक्तिगतअन्तर्गत न्यूनतम ११.७१ प्रतिशतदेखि अधिकतम १२.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी संस्थागत ब्याजदरमा न्यूनतम १०.७१ देखि अधिकतम ११.१५ प्रतिशत ब्याजदर तोकेको छ ।