NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

उपसभाभूखलाई हटाउने कुराको अभियान नै चलेको रहेछ :  देवेन्द्र पौडेल

काठमाडाैं ।  सांसद देवेन्द्र पौडेलले उपसभामूख इन्दिरा राणालाई पदबाट हटाउने कुराको अभियान नै सुरु भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सो बताएकाा हुन् । उनले भने, ‘आज उपसभाभूखलाई हटाउने कुरा एक दुई अनलाइन पत्रिकाले लेखेको देखेको थिए, तर यो हलमा पसिसकेपछि हावामात्रैहल्लेको होइन रैछ, अभियान नै सुरुवनथ भएको रहेछ भन्ने अनुभूति भएको छ ।’

उनले लोकतन्त्र भनेको समझदारी , विश्वास  सकार्याको संस्कृति भएकाे र प्रतिपक्षीसँग पनि कयौँ मुद्धाहरुमा सरकारपक्षमा रहेकाहरुले सहकार्य र सहमति गरेर अगाडि बढ्ने कुरा नै लाेकतन्त्र भएकाे अवगत गराए । पाैडेलले लाेकतन्त्रमा एक जना महिला, जनजाति सहमतिको आधारमा  सामाजिक सेवामा काम गरेर आएको उपसभामूखलाई हटाउने कुरा दुखदायी भएकाे बताए । यसले लोकतन्त्र अगाडि बढ्न नसक्ने उल्लेख गरे ।

लोकतन्त्रको सृढृढ, लोकतन्त्र र संरक्षण र विकास र सहकार्यको प्रणाली यो देशमा अगाडि बढ्न सक्दैन । यस प्रकारको कुराको सरकारले गम्भिरतापूर्वक सुन्नुपर्नेै उनको भनाइ थियो  ।