१५० किलो गाँजासहित दुई जना पक्राउ
जलेश्वर। प्रहरीले यहाँको रामगोपालपुर नगरपालिका– ५ बाट एक सय ५० किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
धादिङ धुनीबेँसी नगरपालिका–६ बस्ने ३० वर्षीय सञ्जीप खत्री र चितवन खैरेनी नगरपालिका– १ बस्ने १८ वर्षीय सुदिप अधिकारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।
पक्राउ परेका उनीहरु क्रमशः बा प्र ०१–०२६च १३३६ नम्बरको पिकअपको चालक र सहचालक हुन् । उनीहरुले गएराति पिकअपमा त्रिपालभित्र लुकाएर १० पोका गाँजा सदरमुकाम जलेश्वरतिर लैजाँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी र इलाका प्रहरी रामगोपालपुरको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैलाई थप कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता जैसवारले बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया