क्लासिक टेकले ल्यायाे दशैं अफर, ९९९९ काे इन्टरनेट ४१९३ मा
डुअल ब्याड राउटरदेखि स्मार्ट सेटअप बक्ससम्म निःशुल्क

काठमाडौं । देशकै अग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्राइभेट लिमिटेडले इन्टरनेट तथा टिभी जडानमा ५० प्रतिशत छुट दिने भएको छ । यसअघि शुल्क तिरेर लिनुपर्ने डुअल ब्याड राउटरदेखि स्मार्ट सेटअप बक्सलगायतका उपकरण त उसले निःशुल्क उपलब्ध गराउने भएको छ ।
ग्राहक तथा सेवाग्राहीलाई सहुलियतमा इन्टरनेट सेवा प्रदान गर्न क्लासिकले दशैं–तिहारको छेको पारेर भारी छुट योजना सार्वजनिक गरेको हो ।
क्यालसिक टेकको नयाँ स्किमअनुसार अब ग्राहकले साविकको वार्षिक शुल्कमा आधा रकम मात्र भुक्तानी गरेर १५० एमिबिपएसदिख २०० एमिबिपएस प्लस २ टभी नेटसम्मका सुविधा पाउनेछन् । त्यसमा पनि दुई किस्तामा रकम तिर्न सकिने सुविधा दिइएको छ ।
छुटअघि क्लासिक टेककाे १५० एमबिपिएसको इन्टरनेटको वार्षिक शुल्क ९ हजार ९९९, १५० एमबिपिएसको इन्टरनेट टिभीको १२ हजार ९९९ र २०० एमबिपिएस इन्टरनेट टिभीको १३ हजार ४९९ लिने गरेकोमा अब क्रमशः ४ हजार १९३ र ५ हजार २२१ रूपैयाँ मात्र भुक्तानी गर्दा पाइने भएकाे छ ।
नयाँ छुट योजनाअनुसार वाइफाई ६ भएको डुअल ब्याड राउटर, स्मार्ट सेटअप बक्ससँगै सेकेन्डरी राउटरसमेत ग्राहकले निःशुल्क पाउनेछन् । इन्टरनेट जडान खर्चको कुनै शुल्क नलागे पनि राउटर र आइपी टिभीका लागि १३ प्रतिशत भ्याटसहित ५०० रूपैयाँ डिपोजिट राख्नुपर्ने कम्पनीको छुट स्किममा उल्लेख छ ।
खासगरी एक वर्ष र ३ महिनाको इन्टरनेट तथा आइपी टिभी जडानमा महँगो शुल्क तिरिरहेकाहरूलाई यो योजनाले लाभान्वित गराउने कम्पनीको भनाइ छ ।
‘यस अफरमा अब बन्ने ग्राहकहरूले वर्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेटंटिभी जडान गर्न सक्ने छन्। ६ महिनापछि पनि सोही प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना चलाउन सक्नेछन्’ छुट स्किमबारे प्रष्ट पार्दै क्लासिक टेकले भनेको छ ।
यो योजनाबाट नयाँ मात्र नभएर पुराना ग्राहक पनि लाभान्वित हुनसक्ने कम्पनीले स्पष्ट पारेको छ ।
मोबाइल नं. ९८०१००४४७७ मा सम्पर्क गरेर वा आधिकारिक वेबसाइट लगइन गरेर छुटबारे विस्तृत जानकारी लिन सकिने क्लासिक टेकले जनाएको छ ।
प्रतिक्रिया