बारामा जीप दुर्घटना : १ जनाको मृत्यु, १३ घाइते
काठमाडौं । बारामा स्कार्पियो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका–२१ आधारभार जंगलमा आज बिहान बा१९च ४३७७ नम्बरको जीप दुर्घटना भएको हो ।
मृत्यु हुनेमा उपमहानगरपालिका–११ का जीप चालक २५ वर्षीय लोकनाथ सेढाईं रहेको प्रहरुीले जनाएको छ ।
१३ जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया