रुस युक्रेन युद्धको असर कम गर्ने काममा लाग्न संयुक्त राष्ट्रसंघीय महासचिवको आग्रह
सिन्ह्वा । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असर घटाउने काममा लाग्न आग्रह गरेका छन् । उनले हाल विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको छ । त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिक लाग्नुपर्ने अवस्था रहेको उनले बताएका छन् ।
उनले हाल यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणाली पनि असर परिरहेको बताएका छन् । यी दुई देशको युद्धका कारण संसारका विभिन्न देश र विशेषगरी विकासशील देशहरुमा यस्तो असर परिरहेको छ । कतिपय स्थानमा यसको प्रत्यक्ष असर परेको र अन्य कतिपय स्थानमा यस युद्धको असर भनेर सिर्जना गरिएको पनि उनले बताएका छन् ।
महासचिव गुटर्रेसले संसारका कतिपय देशहरुमा रुस युक्रेन युद्धका कारण असर गरिरहेकाले त्यसलाई कम गर्नका लागि विश्वव्यापी रुपमा प्रयास हुनु जरुरी रहेकोमा जोड दिएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया