सानिमा बैंक र सिजी डिजिटलबीच सहकार्य

काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सिजी डिजिटल प्राइभेट लिमिटेडसँथ विशेष छुटको व्यवस्था गरेको छ ।
यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (QR Scan) मार्फत सिजी डिजिटल मा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरुलाई २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । साथै, सानिमा क्रेडिट कार्ड मार्फत भुक्तानी गरी शून्य प्रतिशत मासिक किस्ताबन्दीमा परिणत गर्दा रु. १,००० बराबरको क्यास ब्यागको व्यवस्था पनि गरेको छ । क्यास ब्यागको न्यूनतम रु. ३० हजारको कारोबारमा प्रदान गरिनेछ ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया