NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २३ गते

घोषणा गरेको बोनस शेयर कानुन सम्मत भएको अपि पावरको दाबी

काठमाडाैं । अपि पावर कम्पनीले खुद मुनाफा तथा सेयर प्रिमियबाट शेयरधनीलाई  ९ प्रतिशतको बोनस शेयर  र ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने कुरा कानुन सम्मत रहेको दाबी गरेको छ । कम्पनीले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै सो दाबी गरेको हो ।

अपि पावर कम्पनीले यस विषयमा नियमनकारी निकाय विद्युत नियमनकारी आयोगमा आवश्यक कागजातसहित पत्रचार गरी छलफल गरी सो विषयमा आवश्यक पुष्टि गरी प्रस्तावित लाभांशलाई स्वीकृत गराउने विषयमा कार्य गर्ने निर्णयसेमत गरेको जनाएको छ ।

यसअघि विद्युत नियमन आयोगले अपि पावरले घोषणा गरेको लाभांशलाई अनरियलाइज गेनलाई लाभांशमा देखाएको भन्दै त अस्वीकृति गरेको थियो ।

यस्तो छ अपिले जारी गरेको प्रेसविज्ञप्ति :