सिटिइभिटीको निर्धारित परीक्षा स्थगित
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आफ्ना सम्पूर्ण परीक्षा कार्यक्रम स्थगित गरेको छ ।
अविरल वर्षाले सिर्जित परिस्थिति मध्यनजर गर्दै सिटिइभिटीले आइतबारका लागि तय परीक्षा स्थगित गरेको हो ।
बाढी, डुवान र पहिरोका कारण विद्यार्थीको आवतजावत प्रभावित भएकाले नेपाल सरकारको समेत निर्णयलाई अंगीकार गरेर आइतबारका लागि तय परीक्षा स्थगित गरिएको सिटिइभिटीले एक सूचनामार्फत जनाएको छ ।
आइतबार सिटिइभिटीले डिप्लोमा र प्रमाणपत्र तहको परीक्षा गर्ने तालिका थियो ।
सिटिइभिटीका अनुसार, स्थगित परीक्षाको तालिक पछि सार्वजनिक गरिनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’



प्रतिक्रिया