कुलमानसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण पत्र काटेको छ । नेकपा माओवादी केन्द्रको प्रचारसामग्रीमा निर्वाचन आचारसंहिताविपरीत घिसिङको तस्बिर प्रयोग गरिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
प्रचार सामग्रीमा तस्बिर प्रयोग गर्दा अनुमति लिए/नलिएबारे जानकारी लिन घिसिङलाई पत्र काटिएको आयोग स्रोतले जनाएको छ । स्पष्टीकरणको समयावधि सात दिन दिइएको छ ।
माओवादीको प्रचार सामग्रीमा आफ्नो अनुमतिबेगर तस्बिर प्रयोग गरिएको घिसिङले बताएका छन् । तर उनले यसबारे अहिलेसम्म निर्वाचन आयोगलाई जानकारी गराएका छैनन् । आयोगले घिसिङसँग यसबारे पनि प्रश्न गरेको छ ।
त्यसैगरी गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा निर्वाचन खर्च ढाँटेर आयोगमा विवरण पेश गरेको अभिव्यक्ति दिएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । उनलाई पनि सात दिनभित्र लिखित जवाफ दिन भनिएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया