कुलमानसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण पत्र काटेको छ । नेकपा माओवादी केन्द्रको प्रचारसामग्रीमा निर्वाचन आचारसंहिताविपरीत घिसिङको तस्बिर प्रयोग गरिएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
प्रचार सामग्रीमा तस्बिर प्रयोग गर्दा अनुमति लिए/नलिएबारे जानकारी लिन घिसिङलाई पत्र काटिएको आयोग स्रोतले जनाएको छ । स्पष्टीकरणको समयावधि सात दिन दिइएको छ ।
माओवादीको प्रचार सामग्रीमा आफ्नो अनुमतिबेगर तस्बिर प्रयोग गरिएको घिसिङले बताएका छन् । तर उनले यसबारे अहिलेसम्म निर्वाचन आयोगलाई जानकारी गराएका छैनन् । आयोगले घिसिङसँग यसबारे पनि प्रश्न गरेको छ ।
त्यसैगरी गण्डकी प्रदेशका सभामुख नेत्रप्रसाद अधिकारीलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । सार्वजनिक कार्यक्रममा निर्वाचन खर्च ढाँटेर आयोगमा विवरण पेश गरेको अभिव्यक्ति दिएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । उनलाई पनि सात दिनभित्र लिखित जवाफ दिन भनिएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया