अफगानिस्तानमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु पाँच बेपत्ता
काठमाडाै । पूर्वी अफगानिस्तानमा आँधीका कारण डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै पाँच जना अझै पानीमा बेपत्ता रहेको स्थानीय अधिकारीले मङ्गलबार बताएका छन् ।
प्रान्तीय सूचना विभागका प्रमुख कुराइसी बद्लुनले डुङ्गा सोमबार दिउँसो नङ्गरहार प्रान्तको कुज कुनार जिल्लास्थित नदीमा डुबेर दुर्घटना भएको बताएका छन्।
घटनाको बारेमा जानकारी दिदै उहाँले डुङ्गामा सवार १७ जना मध्ये आठ जनाको मृत्यु पुष्टि भएको र चार जनालाई उद्धार गरिएको तथा पाँच जना अझै बेपत्ता रहेको उल्लेख गरेका छन् ।
नदीमा पुल अभावका कारण दुर्घटनाग्रस्त क्षेत्रका बासिन्दाले नियमित रूपमा नदी पार गर्न डुङ्गा प्रयोग गर्ने गरेको जनाइएको छ ।
अधिकारीहरुका अनुसार गत जुन महिनामा नङ्गरहारमा भएको डुङ्गा दुर्घटनामा आठ जनाको ज्यान गएको थियो ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया