आदिवासी जनजातिलाई निःशुल्क लोक सेवा र शिक्षक सेवाको तयारी कक्षा, आवेदन मागियो
काठमाडौं । लोक सेवा आयोग र शिक्षक सेवा आयोगले विज्ञापन गर्ने पदहरूको तयारी कक्षामा आदिवासी जनजातिहरूले निःशुल्क अध्ययन गर्न पाउने भएका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले निजामती सेवाको शाखा अधिकृत र नायब सुब्बा तथा शिक्षक सेवा आयोगको प्रावि, निमावि र मावि तहका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्न लागेको हो ।
प्रतिष्ठान ऐन, २०५८ मा सूचीकृत आदिवासी जनजातिका लागि लक्ष्य गरेर सञ्चालन गर्न लागिएको लोक सेवा र शिक्षक सेवाको तयारी कक्षाका निम्ति अनलाइन दरखास्त आह्वान गरिएको प्रतिष्ठानले जनाएको छ । दरखास्त फाराम बुझाउने म्याद ३५ दिनको छ ।
प्रतिष्ठानका अनुसार, शिक्षक सेवाका पदको तयारी कक्षाका लागि फाराम भरेका सबैले अनलाइन तयारी कक्षामा सहभागी हुन पाउनेछन् भने शाखा अधिकृत र नासुको कक्षाका लागि छनोट परीक्षा हुनेछ । यससम्बन्धी परीक्षाको केन्द्र र मिति पछि तय गरिने प्रतिष्ठानले जनाएको छ ।
शिक्षक सेवाले माग गर्ने पदहरूको परीक्षा अनलाइनबाट भए पनि शाखा अधिकृत र नासुको भने भौतिक रूपमा गर्ने प्रतिष्ठानको तयारी छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’



प्रतिक्रिया