२६ अंकले घट्यो नेप्से, ६ अर्ब ७७ करोडको कारोबार
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर २५९७ दशमलव ४९ विन्दुमा कायम भएको छ ।
हिजो नेप्से १०४ अंकले बढेको थियो ।
आज तीन सय १० कम्पनीका ८३ हजार ८१ पटक कारोबारमा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रूपैयाँको कारोबार भएको छ ।
बुधबार थ्री स्टार हाइड्रोपावरको सेयरम सर्किट लागेको छ भने वीन नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
आज नेपाल फाइनान्स लिमिटेडको सर्वाधिक २० करोड ७१ लाख ५५ हजार २६७ रूपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको १७ करोड ३१ लाख ७९ हजार रूपैयाँ, गुडवील फाइनान्सको १५ करोड ९६ लाख ६९ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया