हेगमा उभ्याइएका अफगानी जेल प्रमुखलाई ४२ वर्षपछि सजाय

काठमाडौं (एजेन्सी) । डच अदालतले बिहीबार एक वृद्ध अफगानी पुरुषलाई सन् १९८० को दशकमा काबुल जेलको कुख्यात हमलामा जिम्मेवार ठहर गर्दै युद्ध अपराधको लागि १२ वर्षको जेल सजाय सुनाएको छ ।
अब्दुल रज्जाक राफिफले ‘कैदीहरूलाई क्रुरतापूर्वक र अनादरपूर्ण व्यवहार गरेका र स्वेच्छाचारी ढङ्गमा उनीहरूलाई जेलमा दिइने स्वतन्त्रताबाट वञ्चित गरेको अभियोगमा १२ बर्ष जेल सजाँय तोकिएको छ,” न्यायाधीश एल्स कोलले द हेग क्षेत्रीय अदालतमा भने, “यी युद्ध अपराध हुन् ।”
न्यायाधीश कोलले भने, “७६ वर्षीय राफीफले १९८३–८८ को समयमा उनको प्रभावकारी आदेश र नियन्त्रण रहेको पुल–ए–चार्खी जेलमा कैदीहरूको दुब्र्यवहारमा प्रमुख भूमिका निर्वाह गरेको पुष्टि भएको छ ।”
उक्त जेलमा हजारौं कैदीहरूलाई यातना दिइएको र कतिपयलाई अन्यायपूर्वक मृत्युदण्डसमेत दिइएको कोलले बताए ।
सिरिया र अफगानिस्तानलगायत द्वन्द्वग्रस्त राष्ट्रहरूमा भएका अपराधहरूको लेखाजोखा गर्न युरोपेलीहरूले गरेको श्रृंखलाबद्ध प्रयासमा द हेगमा भएको यो मुद्दा सबैभन्दा पछिल्लो मुद्दा हो ।
सन् २०१२ मा ब्लगहरूले पुल–ए–चार्खिका पूर्व कमान्डर नेदरल्याण्ड्समा बसोबास गरिरहेका समय समाचार सम्प्रेषण गरेपछि उनलाई सन् २०१९ मा गिरफ्तार गरिएको थियो पछि डच अधिकारीहरूले अनुसन्धान सुरू गरेका थिए ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया