बारामा अज्ञात समूहद्वारा बसमा आगजनी
युनिक यादव/बारा । बारामा अज्ञात समूहले बसमा आगजनी गरेका छन् । जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर ६ स्थित कुमारगढी गाउँमा अज्ञात समूहले यात्रुबाहक बस जलाएका छन् ।
उक्त गाउँमा पार्किङ गरि राखिएको ना. ७ ख. ३६३५ नम्बरको यात्रुबाहक बसमा शनिबार रातिको समयमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।
तेज प्रताप चौधरीको पार्किङ गरी राखिएको बस केही पर गुडाएर सिसाहरू फुटाल्दै पेट्रोल छर्केर आगजनी गरिएको स्थानीयले जनाएका छन् ।
आगजनी कसले र किन गरेको अहिले खुल्न नआएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले नेपालवाच लाई बताए । आगजनी गर्ने व्यक्तिको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया