विपक्षी दलले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
काठमाडौं । प्रतिपक्षमा रहेका दलहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।
बाढीपहिरो प्रभावितलाई राहत तथा सामसामयिक राजनीतिक विषयमा ध्यानाकर्षण गराउन प्रतिपक्ष दलहरूले सोमबार ज्ञापनपत्र बुझाउन लागेका हुन् ।
गत शुक्रबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रतिपक्ष दलहरूको बैठक बसेकोमा त्यसले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गर्दै कार्यदल नै गरेको थियो । कार्यदल सदस्यमा माओवादी केन्द्रका शक्ति बस्नेत, नेकपा (एकीकृत समाजवादी) बाट राजेन्द्रप्रसाद पाण्डे र रास्वपाबाट शिशिर खनाल सदस्य छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार कार्यदल सदस्यले सोमबार प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउने छन् ।
ज्ञापनपत्र बुझाउन प्रतिपक्षी दलले प्रधानमन्त्रीसँग ४ बजेको समय पाएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया