सन नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा ९ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा हुने भएको छ । सन लाइफले शुक्रबार सूचना जारी गदै वार्षिक सधारणसभाबारे जानकारी दिएको हो ।
सन लाइफका अनुसार उक्त सभा वैशाख ९ गते दिउँसो चार बजे हायात प्लेसमा आयोजना हुन लागेको छ । सन लाइफले सेयरधनीलाई साधारण सभामा उपस्थित हुनका लागि आह्वान गरेको छ ।
इन्स्योरेन्सले साधारण सभामा आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, आव ०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा/नोक्सान हिसाव, नगद प्रवाह वितरणसम्बन्धी अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी वित्तिय विवरणमाथि छलफल गरी पारित गर्ने कार्यक्रम तय गरेको छ ।
त्यस्तै आव ०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव कम्पनीले गर्दै छ । त्यस्तै कम्पनीको पुँजी वृद्धि गर्ने लगायत प्रवन्धन तथा नियमावलीमा संशोधन गर्ने, सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, नियमनकारी निकायबाट संशोधन सम्बन्धमा कुनै सुझाब वा निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु परित गर्नेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया