एडिबीद्वारा पाकिस्तानलाई जलवायु प्रकोप व्यवस्थापन गर्न ५० करोड डलर ऋण स्वीकृत
इस्लामावाद । एसियाली विकास बैङ्क (एडीबी)ले मङ्गलबार पाकिस्तानमा जलवायु र प्रकोप व्यवस्थापन प्रयासलाई सहयोग गर्न ५० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
जलवायु र विपद् व्यवस्थापन कार्यक्रमले योजना, तयारी र प्रतिक्रियाका लागि पाकिस्तानको संस्थागत क्षमतालाई बलियो बनाउने बैङ्कको पाकिस्तानस्थित शाखाले कार्यालयले जनाएको छ ।
बैंकका अनुसार यस कार्यक्रमले विपद् जोखिम न्यूनीकरण र जलवायु प्रकोप व्यवस्थापनमा समावेशी लगानी बढाई जोखिम–स्तरित दृष्टिकोणबाट आवाश्यक वित्त पोषण गर्नेछ ।
पाकिस्तान जलवायु परिवर्तन र प्रकोपको सबैभन्दा जोखिममा रहेका देशहरू मध्ये एक हो, जहाँ जलवायु प्रकोप जन्य घटनाबाट औसत क्षति वार्षिक दुई अर्ब अमेरिकी डलरभन्दा बढी हुन्छ ।
कार्यक्रम पाकिस्तानमा जलवायु र विपद् जोखिम घटाउन र प्रभावकारी विपद् व्यवस्थापनलाई समर्थन गर्न एडीबीको लामो समयदेखि चलिरहेको काममा आधारित रहेको एडीबीका मध्य तथा पश्चिम एसियाका महानिर्देशक येवगेनी जुकोभले बताएका छन् ।
कार्यक्रमको उद्देश्य विकास र लगानी निर्णयहरू मार्गनिर्देशन गरी जोखिम व्यवस्थपनलार्ई अगाडि बढाएर पाकिस्तानमा विपद् प्रभावलाई सुदृढ पार्नु हो ।
कार्यक्रमले कृषि बिमासहित जोखिम हस्तान्तरण समाधान प्रवर्द्धन गर्न एकता कोषलाई थप सहयोग गर्ने र भविष्यमा विपद् प्रभावितलाई सहायता प्रदान गर्न उत्तरदायी सामाजिक सुरक्षा कार्यान्वयन गर्ने जनाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया