झिनो अंकले घट्यो सेयर बजार, ५ अर्ब २२ करोडको कारोबार
काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १ दशमलव ८८ अङ्कले ओरालो लागेर दुई हजार छ सय ७५ दशमलव ५१ मा पुगेको छ ।
आज ३२० स्टकको एक करोड १६ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २२ करोड रूपैयाँको कारोबार भएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर शेयर मूल्यमा वृदद्धि भएको छ । विकास बैंक ०.७३, वित्त ०.७९, जलविद्युत ०.४६, म्युचल फण्ड १.०९ र व्यापार ०.२९ प्रतिशतले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल फाइनान्स लिमिटेडको सर्वाधिक ३५ करोड ३८ लाख ३९ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाखको कारोबार भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया