श्रीलंकामा १० महिनामा पर्यटनबाट साढे दुई अर्ब डलर आम्दानी
एजेन्सी । श्रीलङ्काले सन् २०२४ को पहिलो दश महिनामा पर्यटन व्यवसायबाट दुई अर्ब ५० करोड अमेरिकी डलर कमाएको छ । जुन सन् २०२३ को समान अवधिको तुलनामा ५९ प्रतिशतले बढी हो ।
श्रीलङ्काले सन् २०२४ अक्टोबरमा पर्यटनबाट १८ करोड ५६ लाख डलर आम्दानी गरेको छ । सन् २०२३ को सोही अवधिमा १३ करोड ६७ लाख डलर आम्दानी भएको डेली न्यूजले जनाएको छ ।
श्रीलङ्कामा सन् २०२४ को पहिलो दश महिनामा १६ लाखभन्दा बढी पर्यटकको आगमन भएको छ । यो सन् २ं०२३ को समान अवधिको तुलनामा ४४ प्रतिशतले बढी हो ।
श्रीलङ्काका लागि पर्यटन एक प्रमुख विदेशी राजस्व उत्पादन गर्ने माध्यम हो । पर्यटनले यस वर्ष २३ लाख र सन् २०२५ मा ३० लाख पर्यटक आकर्षित गर्ने अपेक्षा गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया