ठगीको अभियोगमा तीन जना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिरूवा गाउँपालिका-१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका-९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका-१० झापा घर भई कामपा-२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै चार जनाबाट रु आठ लाख २५ हजार, बुढाले बेलायत पठाइदिन्छु भन्दै एकजनाबाट रु दुई लाख र खड्काले क्रोएसिया पठाइदिन्छु भन्दै एकजनाबाट रु दुई लाख २५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच काठमाडौँ महानगरपालिका-४ चप्पल कारखानास्थित एक घरमा जुवातास खेलिरहेको अभियोगमा आठ जनालाई गए राती प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नगद रु ७९ हजार चार सय ६५ रूपैयाँ र आठ बुक ताससमेत बरामद गरेको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया