धर्मका नाममा राजनीति हुनु हुँदैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति हुन नहुने बताएका छन् ।
प्रधानमन्त्री निवासमा आज जैनश्वेताम्बर तेरापन्थ सभाका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले धर्म निरपेक्ष हाम्रो मुलुकमा राज्यले सबै धर्मलाई सम्मान गर्ने भएकाले यसका नाममा राजनीति हुन नहुने बताएका हुन् ।
“नेपालमा एकातिर हिन्दूू राज्य हुनुुपर्छ भनेर अभियान चलाइएको छ । अर्कातिर इसाई धर्म विस्तारका नाममा गरिबीको दुरुपयोग गरिएको छ”, प्रधानमन्त्री ओलीले भने, “यस्ता कुराहरुलाई हामी क्रमशः नियन्त्रण गर्छौं । हामीले कुनै पनि धर्मका नाममा असहिष्णुुता र सङ्कीर्णता राख्नुु हुँदैन । कुन धर्म मान्ने भन्ने मान्छेको व्यक्तिगत आस्थाको कुरा हो । त्यसको हामी सम्मान गर्छौं ।”
त्यस अवसरमा आचार्य महाश्रमणका शिष्यहरु रमेशकुमार र रत्नकुमारले समाजमा नैतिकता, सद्भावना, मानवता, नशामुक्त समाज निर्माणका साथै शान्तिका लागि आफूूहरुले गरेका कामबारे प्रधानमन्त्रीलाई जानकारी दिएको थिए।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया