नेप्से परिसूचक १३ अंकले बढ्यो, यी कम्पनीले कमाए सर्वाधिक
काठमाडौ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १३.९५ प्रतिशतले बढेर २७४८.७८ विन्दुमा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३३ अङ्कले बढेर चार सय ८६ दशमलव ०३ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर मूल्य उकालो लाग्दा बाँकी उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।
आज ३२१ स्टकको एक लाख एक हजार पाँच सय पटक कारोबारमा २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३२ करोड ३ लाख ३१ हजारको कारोबार भएको छ ।
नेप्सेका अनुसार गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । न्यादी ग्रुप पावर लिमिटेड, माछापुछ्रे बैंक को शेयरमूल्यमा नौ दशमलव ९७ र ९.५६ प्रतिशतले वृद्धि भएको छ ।
आजको कारोबारमा रावा इनर्जीको शेयरमूल्य सर्वाधिक ९.१२ प्रतिशतले प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा जानकी फाइनान्स कम्पनीको सर्वाधिक ३५ करोड २४ लाख ९९ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै दोस्रोमा न्यादी ग्रुपको ३१ करोड ६ लाख ८ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया