NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २६ गते

मुख्यमन्त्री कार्यालयका अधिकृतको सर्टिफिकेट नक्कली

काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कैलालीमा कार्यरत अधिकृत(सातौं तह) लक्ष्मण शाहको शैक्षिक प्रमाणपत्र नक्कली भएको ठहर भउको छ । ख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बिशेष अदाललते ठहरको फैसला गरेको हो ।

कम्प्युटर अपरेटर पदमा निजामती सेवा प्रवेश गरी बढुवा भई पछिल्लोपटक शाखा अधिकृत (सातौँ तह)मा कार्यरत शाहीलाई विशेषले ९ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ। शाहविरुद्ध गत २९ जेठमा मुद्दा दायर भएको थियो । बिशेषका न्यायाधीशहरु तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले बिहीबार दोषी ठहर गरेको हो।

त्यस्तै, पोखरा महानगरपालिका वडा नं ३२ स्थित सहरी स्वास्थ्य केन्द्रमा करारमा कार्यरत कर्मचारी शोभा उप्रेतीलाई पनि अदाललते दोषी ठहर गरेको छ। अहेव पदमा काम गरेकी उनले काठमाडौंकै एक विद्यालयबाट एसएलसी पास गरेको प्रमाणपत्र बुझाएकोमा सम्बन्धित निकायबाट त्यसको पुष्टि हुन नसकेको ठहर विशेषले गरेको हो। उनलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष