अर्जुन दासको हत्या अभियोगमा ४ जना पक्राउ

काठमाडौं । हत्याको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका बस्ने सुमित साउद बमे भनिने बम बहादुर बोहोरा, रोनी परियार भनिने दिलिप दास र मनोज भण्डारी रहेका छन् ।
उनीहरु चारै जना १९ वर्षको रहेको प्रहरीले जनाएको छ । कैलाली, जानकी गाउँपालिका-९ बस्ने २५ वर्षीय अर्जुन दासको हत्याको अभियोगमा उनीहरुलाई बिहिबार पक्राउ गरिएको हो ।
जानकी गाउँपालिका–९ अमरावती सामुदायिक वनमा गत पुस ३ गते मोबाइल चोरी गरेको आरोपमा कुटपिट गरी रुखमा बाँधेर खुकुरी प्रहार गरी विभत्स हत्या गरेर फरार भएका अर्जुन दासलाई अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले रुपन्देही सिद्धार्थ नगरपालिका–१ बेलहिया सिमानाकाबाट फेला पारेर पक्राउ गरिएको हो ।
उनीहरुलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया