अर्जुन दासको हत्या अभियोगमा ४ जना पक्राउ
काठमाडौं । हत्याको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका बस्ने सुमित साउद बमे भनिने बम बहादुर बोहोरा, रोनी परियार भनिने दिलिप दास र मनोज भण्डारी रहेका छन् ।
उनीहरु चारै जना १९ वर्षको रहेको प्रहरीले जनाएको छ । कैलाली, जानकी गाउँपालिका-९ बस्ने २५ वर्षीय अर्जुन दासको हत्याको अभियोगमा उनीहरुलाई बिहिबार पक्राउ गरिएको हो ।
जानकी गाउँपालिका–९ अमरावती सामुदायिक वनमा गत पुस ३ गते मोबाइल चोरी गरेको आरोपमा कुटपिट गरी रुखमा बाँधेर खुकुरी प्रहार गरी विभत्स हत्या गरेर फरार भएका अर्जुन दासलाई अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले रुपन्देही सिद्धार्थ नगरपालिका–१ बेलहिया सिमानाकाबाट फेला पारेर पक्राउ गरिएको हो ।
उनीहरुलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया