एमालेले पोखराको मेयरका आकांक्षी सबैको नाम माथिल्लो निकाय पठायो
काठमाडौं । नेकपा (एमाले)ले पोखरा महानगरपालिकाको प्रमुख (मेयर)मा उम्मेदवारी दिएका सबैको नाम माथिल्लो निकाय पठाएको छ । उम्मेदवार छान्न चुनावी प्रक्रिया नअपनाउने भएपछि सबै आकांक्षीको नाम माथिल्लो निकाय पठाइएको हो ।
नगर कमिटीले आजका लागि तय गरेको आन्तरिक निर्वाचन आकांक्षी धेरै भएपछि स्थगित गरिएको थियो ।
पोखरा महानगरमा तोकिएकोभन्दा धेरै आकांक्षी देखिएका थिए । यससँगै महानगर प्रमुख र उपप्रमुख छनोट गर्न मतदानबाटै उम्मेदवार छान्ने प्रक्रिया सुरु गरिएको थियो ।
तर, आवेदन दिएका सबै उम्मेदवारलाई सिफारिस गर्ने सहमति भएपछि अहिलेलाई चुनावी प्रक्रिया स्थगित गरिएको हाे ।
पार्टी उप–महासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्यमा अर्याल र संगठन विभाग प्रमुख खगराज अधिकारी पक्षका १२ जना नेताहरूले उम्मेदवारीमा आकांक्षा देखाएपछि सर्वसम्मत उम्मेदवार छनोट हुन नसकेको हो ।
मेयरमा केन्द्रीय सदस्यहरू भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा –१३ का वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा), नेताहरू पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउचा मगर र सावित्री भण्डारीले आन्तरिक बैठकमा उम्मेदवारी दिएका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया