प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा पेश भएका कागजात झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्तावसँग सम्बन्धित कागजातहरू झिकाउन आदेश दिएको छ ।
महाअभियोगविरुद्ध सर्वोच्चमा परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै शुक्रबार संवैधानिक इजलासले कागजात झिकाउन आदेश दिएको हो ।
अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले महाभियोगविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र तेजबहादुर केसीसहितको संवैधानिक इजलासले अधिवक्ता त्रिलोकबहादुर चन्दले पेश गरेको अर्को निवेदनलाई साथैराख्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश राणाले सर्वोच्चको गरिमामा आँच आउनेगरी गतिविधि बढाएको, राजनीतिक दलहरूसँग भागबण्डाको लागि बार्गेनिङ गरेकोलगायत आरोप लगाउँदै फागुन १ मा सत्तापक्ष कांग्रेस, माओवादी र एकीकृत समाजवादीका ९८ सांसदले संसद् सचिवालयमा उनीविरुद्ध महाभियोग दर्ता गराएका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया