आज पनि सुनको मूल्यमा भारी गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । सोमबार १५ हजार ९ सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार पनि भारी गिरावट देखिएको छ । आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ५१ हजार ९ रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा कायम गरेसँगै सुनको मूल्यमा ठूलो गिरावट आएको हो ।
आज चाँदीको मूल्यसमेत घटेको छ । आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
ताजा अपडेट
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
प्रतिक्रिया